सिटौलाले गरे देउवाको आलोचना प्रचण्डको प्रशंसा

सिटौलाले गरे देउवाको आलोचना प्रचण्डको प्रशंसा
राजनीति

नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व मन्त्री कृष्ण प्रसाद सिटौलाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाको खरो आलोचना गरेका छन् ।

उनले सभापति देउवाले पार्टीलाई विधि, विधान र नीति अनुसार चलाउन नसकेको आरोप लगाए । आजको दिनमा देउवाको नेतृत्व पक्कापक्की असफल भएको उनको दबाी छ ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनको “जनता जान्न चाहन्छन” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सिटौलाले अबको महाधिवेशनमा कस्तो समिकरण बन्छ भन्ने कुरापनि स्पष्ट नभएको जिकिर गरे ।

आफूलाई मिलेर जानुपर्छ भनेर नेता शेखर कोइरालाले आग्रह गरिरहेको सुनाउँदै उनले भने,”तर मिल्ने भनेको त विचार, सिद्धान्छ, आचरण र नीतिले हो ।”

सोही कार्यक्रममा सिटौलाले सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भने प्रशंसामात्रै गरे ।

Post Comment