नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्ने अडान दोहोर्याएका छन् । यद्यपि अहिले नै नभई राजनीतिक स्थिरता कायम भएपछि जनमत संग्रह गर्नुपर्ने उनले बताए ।
शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा महामन्त्री कोइरालाले भने, ‘ आउँदो दिनमा राजनीतिक स्थिरता भएपछि धर्मनिरपेक्षता राख्ने कि हिन्दु धर्म भनेर जनमत संग्रह हुनुपर्छ ।’
हिन्दु धर्म जस्तो स्वतन्त्र अरु धर्म नभएको उनको दाबी छ ।