‘कांग्रेस फेरि श्रीपेच फर्काउने षड्यन्त्रमा लाग्यो’

‘कांग्रेस फेरि श्रीपेच फर्काउने षड्यन्त्रमा लाग्यो’
राजनीति

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस श्रीपेज फर्काउने षडयन्त्रमा लागेको गम्भिर आरोप लगाएका छन् ।

शनिबार वामदेव क्षेत्रीद्धारा लिखित ‘नेपालको अर्थतन्त्र र राजनीति’ नामक पुस्तको विमोचन गर्दै उनले यस्तो गम्भिर आरोप लगाएका हुन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी–समानुपातिक परिवर्तनको चार पिलर रहेको सुनाउँदै उनले भने,‘तर, अहिले कांग्रेसले धर्मनिरपेक्षतालाई हटाएर हिन्दुराष्ट्र बनाउन खोजिरहेको छ ।’

Post Comment