केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी
राजनीति

युएस नेपाल न्युज, काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल चलिरहेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्ड ११ बजे बालुवाटार पुगेपछि दुई नेताबीच छलफल भैरहेको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले स्थायी समिति बैठकमा आफू नजाने, केन्द्रीय समिति बैठक नबोलाउने, स्थायी समिति बैठक राखेमा वैधानिक नहुने, अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्नेलगायत अडान राख्दै आउनुभएको छ। अर्का अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने, अवरुद्ध स्थायी समिति बैठक सुरु गर्नुपर्ने र त्यो नभए केन्द्रीय समिति बोलाउनुपर्ने बताउँदै आउनुभएको छ। यही कारणले नेकपामा विवाद बढेको छ

Post Comment