शुक्ला साहित्य पुरस्कारबाट सुवेदी सम्मानित

साहित्य

पोखरा, २८ मङ्सिर । शुक्ला साहित्य समिति बाटुलेचौर, पोखराले स्थापना गरेको शुक्ला साहित्य पुरस्कार साहित्यकार तीर्थराज सुवेदीलाई प्रदान गरिएको छ ।

नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरु भक्तले आज यहाँ आयोजित एक कार्यक्रमबीच रु २० हजार १०० को उक्त पुरस्कार सुवेदीलाई प्रदान गर्नुभएको थियो ।साहित्यकार, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका स्रष्टालाई २÷२ वर्षमा उक्त पुरस्कार प्रदान गरिँदै आएको छ ।

समितिबाट यसअघि आठजना श्रष्टालाई सम्मान गरिसकिएको छ । रासस

Post Comment