कोलोराडोमा सरस्वती पूजा हुँदै

शुक्रबार , साउन २७, २०७९
साहित्य
अनेसास सन २००३ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्यापटरको स्थापनासगैं यस संस्थाले कोलोराडोमा साहित्यीक गतिबिधी गर्दै आइरहेको छ । प्रत्येक वर्ष जस्तै यस बर्ष पनि अनेसासले यस बर्षको सरस्वती पूजालाई बिशेष कार्यक्रमका साथ मनाउदै छ । अनेसास कोलोराडो च्यापटरले एक सुचना जारी गर्दै यही जनवरी २५ तारिख आइतबार वसन्त पञ्चमीका दिन सरस्वती पूजा गर्दै बाबु नानीहरूलाई  नेपाली अक्षर आरम्भ गराउने कार्यक्रम रहेको जनाएको छ ।

 

अनेसास कोलोराडो च्यापटरका अध्यक्ष भुपेन्द्र महतले दिनु भएको जानकारी अनुसार कार्यक्रममा वालवालिकलाई कापी कलम वितरण गर्दै उनिहरुलाई उत्साह प्रदान गरिने छ ।  यसका साथसाथै साहित्य अनुरागीहरुले आफ्नो साहित्यक प्रस्तुती दिने  कार्यक्रम रहेको  छ ।

 

Post Comment