काठमाडौँ, १७ वैशाख । सुनौलो परिवार नेपाल तथा मेरी स्टोप्स इन्टरनेसनलले नवविवाहित जोडीलाई परिवार नियोजनका बारेमा जानकारी गराउने उद्देश्यले www.newlywed.org.np नामक वेबसाइट सञ्चालनमा ल्याएको छ ।
उक्त वेबसाइटमा विवाहको समयमा चाहिने शुभसाइतका सामग्री, डे«स, फर्निचर, सौन्दर्य पसल, मेहेन्दीलगायत ४० प्रकारका सेवाका बारेमा समेत जानकारी गराइनेछ । सेवाग्राहीलाई सम्बन्धित व्यवसायीसँग सम्बन्धित विषयका लागि जानकारी लिन वेबसाइट उपयोगी हुनेछ । विशेषगरी नवविवाहित जोडी लाभान्वित हुने विश्वास गरिएको संस्थाले जनाएको छ ।
मेरी स्टोप्स इन्टनेसनल अन्तर्राष्ट्रिय संस्था हो, यसको नेपाललगायत ४३ देशमा सञ्जाल विस्तार भएको छ । नेपालका विभिन्न ३२ जिल्लामा ३६ केन्द्र सञ्चालनमा छन् । ती केन्द्रले गुणस्तरीय परिवार नियोजनका सेवा, यौन तथा प्रजनन स्वास्थ्य सेवा तथा सुरक्षित गर्भपतनका सेवा सञ्चालन गर्दै आएको सञ्चार संयोजक शिवा श्रेष्ठले जानकारी दिनुभयो ।