पर्वत, २ जेठ । जन्मस्थल पर्वत जिल्ला तिलाहार गा.वि.स वडा नं ६ भइ हाल लण्डनमा फेसन डिजाइन व्यवसाय गर्दै आएका उद्यमी श्री रवि लामीछानेले उहाँको स्वर्गीय पिता चन्द्र लामीछानेको स्मृतिमा रविचन्द्र ट्रष्ट स्थापना गरि पर्वतका ४० विद्यार्थीलाई यसै शैक्षिक सत्रवाट छात्रवृत्ति प्रदान गर्ने भएका छन्।
उक्त छात्रवृत्ति पाउने विद्याथीहरु पर्वत जिल्लाको श्री देउपुर नमुना आवासिय मा.वि.मा अध्ययन गर्ने छन् । छात्रवृत्तिका लागी गरिव तथा जेहन्दार विद्द्यार्थीहरुको लिखित तथा मौखिक परिक्षा लिइसकिएको कुरा छात्रवृत्ति समितिका अध्यक्ष श्री ज्यातिजंग लामीछाने र सचिव कुशल घिमिरेले जानकारी दिए । छात्रवृत्तिका लागी एक महिना अगाडी देखी पर्वतका स्थानिय संचार माध्यममा सुचना प्रवाह गरिएको कुरा सँयोजक सुरज शर्माले वताए ।
अगामी दिनमा यस छात्रवृत्ति कार्यक्रमलाई कोटा वढाउदै देशै भरि निरन्तरता दिने लक्ष्य राखिएको कुरा वेलायत स्थीत कुशल घिमीरेले जानकारी दिएका छन् ।