बालकको डुबेर मृत्यु

समाज

बनेपा, १८ जेठ । पाँचखालमा आज एक बालकको डुबेर मृत्यु भएको छ ।

पाँचखाल नपा–६ स्थित झिगु खोलामा पौडी खेल्न गएका ११ वर्षीय आशिष काफ्लेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

यसैबीच बनेपामा आज साँझ परेको भीषण वर्षाका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । बनेपा–५ स्थित पानीको वहाव बढी भएका कारण केही घर समेत डुबानमा परेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुकदेव खनालले जानकारी दिनुभयो ।

झन्डै डेढ घन्टादेखि सडक अवरुद्ध हुँदा काठमाडौँबाट बनेपा आउने र धुलिखेलबाट काठमाडौँ जाने कुनै सवारी साधन सञ्चालन भएको छैन ।