जग्गाको स्वामित्व दिन आयोग क्रियाशील

समाज

हेटौँडा, १८ जेठ । भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले सरकारले सुकुम्बासी तथा अव्यवस्थित रुपमा बसोबास गरेका जनतालाई जग्गाको स्थायी स्वामित्व प्रदान गर्न सुकुम्बासी आयोगलाई क्रियाशील बनाएको बताउनुभएको छ ।

उहाँले राप्रपा नेपाल मकवानपुर क्षेत्र नं ४ को पार्टीको क्षेत्रीय भेलाको आज मनहरिमा उद्घाटन गर्दै विकासका पूर्वाधार र बजेट उपलब्ध गराउनुका साथै गरिबीका रेखामुनी रहेका जनताको आर्थिक उन्नति हुने लक्ष्य राखी अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

सो भेलामा राप्रपा नेपालका केन्द्रीय सदस्यद्वय दीपक सिंह, राजाराम बर्तौला, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज विष्ट र सांसद गणेश थापाले स्थानीय निकायको निर्वाचन गर्नुपर्ने माग गर्नुभयो ।

भेलाले राप्रपा नेपाल क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष गोविन्द रिजालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।