दुर्घटनामा एक युवकको मृत्यु

समाज

बुटवल, १८ जेठ । तीव्र गतिमा हुइँकिएको बाइक अनियन्त्रित भई भएको दुर्घटनामा बुटवलका एक युवकको आज ज्यान गएको छ ।

बुटवल उपमहानगरपालिका–१२ का आयुष थापाको तिलोत्तमा नगरपालिका–१२ तुल्सीपुरमा भएको दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलापुरका सई हिमबहादुर खत्रीले जानकारी दिनुभयो ।

आफँै चलाएको ग९प ६०७६ नम्बरको भिआर बाइकको स्पिड बढी भएपछि चालक थापासँगै बाइक सडकबाट बाहिर पुगेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका लागि क्रिमसन अस्पताल मणिग्राममा पु¥याएको केही मिनेटमै ज्यान गएको हो । बिहान खाना खाएर उनी आफ्नो साथीलाई भेट्न भन्दै घरबाट निस्किएका थिए । घरबाट निस्किएको केही समयमै सो दुर्घटना भएको थियो ।