ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

समाज

राजविराज, १८ जेठ । सप्तरीको मधुपट्टि गाविस–४ मा ट्र्याक्टरको ठक्करबाट सोमबार साँझ एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाविसका शिवनारायण चौधरीका ११ वर्षीय छोरा रमितकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनलाई बाटो काट्ने क्रममा स १ ट ३२१० नं ट्र्याक्टरले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।