रामपुर (पाल्पा), १८ जेठ । जिल्लाको विकट र दुर्गम मानिने अर्चलेका स्थानीयले चार किलोमिटर मोटरबाटो निर्माण गरेका छन् ।
स्थानीयको सक्रियतामा अर्चले गाविसको बदरभन्ज्याङदेखि रनगुवासम्मको बाटो निर्माण भएको छ ।
अर्चले गाविसको रु दुई लाख, संसद् विकास कोषको रु एक लाख ५० हजार, स्थानीय विभिन्न आमा समूहबाट रु एक लाख, लोकतान्त्रिक पञ्चेबाजा समूहबाट रु ८० हजार र अन्य स्थानीयको रु तीन लाख ८२ हजार सहयोग गरी जम्मा रु ११ लाख १२ हजारको लागतमा मोटरबाटो निर्माण भएको स्थानीय होम राई मगरले बताउनुभयो ।