नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हटाइए

समाज

काठमाडौँ, असार २१ – कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इस्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ ।chanda-sing (1)

सञ्चालक समितिको यही असार १७ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृत साउदसँगको करार सम्झौता सोमबारको मितिदेखि समाप्त गर्ने निर्णय गरेको बोर्ड सचिव चन्द्रनाथ उप्रेतीले जानकारी दिए ।

सञ्चालक समितिले उनलाई विसं २०७१ साल माघमा चार वर्षका लागि प्रमुख कार्यकारी पदमा नियुक्त गरेको थियो । कम्पनीमा नियुक्त हुँदा करारबमोजिम जिम्मेवारी पूरा गर्न नसकेको भन्दै कम्पनीका कर्मचारीले उनलाई हटाउन विगत चार महिनादेखि माग गर्दै आएको थिए ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई दुव्र्यवार गर्नुका साथै आर्थिक अनियमितता गरेको आरोप समेत लगाएको थियो । उता प्रमुख कार्यकारी अधिकृत साउदले भने आफूसँगको करार भङ्ग गरेको विषयमा आधिकारिक जानकारी नआएको बताए ।