भूक्षय तथा जलाधार संरक्षण समिति कास्की-तनहुको चौथो साधारण सभा सम्पन्न

समाज

Lekhanath-13-environment-eventभूक्षय तथा जलाधार संरक्षण समिति कास्की-तनहुको चौथो साधारण सभा एव दोस्रो अधिवेशन समितिको अध्यक्ष श्री कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा लेखनाथको राधाकृष्ण मन्दिर मा सम्पन्न भएको छ ।

सो सभाको उद्घाटन पोखरा नगर उपत्याका बिकास समिति का अध्यक्ष श्री प्रकाश मोहन खनाल ज्युले गर्नु भएको थियो । सो अबसरमा बोल्दै अब देशमा राजनितिक संक्रमणकाल सकिएको जनतालाई आर्थिक क्रान्ति को आवश्यकता रहेको बताउदै भुक्षयले लिएका आयोजनाहरु विकास समिति र जि बि स संग सहकार्य गरी अगाडि बढेमा सहज हुने कुरा बताउनु भएको थियो ।

सभालाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्री गिरि राज, नेपाली कांग्रेस लेखनाथ सभापति श्री राजेन्द्र मणि लामिछाने, माओवादी केन्द्र का अर्जुन मल्ल, राप्रपाका हेम बहादु मल्ल, समिति का निवर्तमान महासचिव श्री अक्कल बहादुर कार्की लगायतले बोल्नु भएको थियो । भने सो कार्यक्रम समिति का सचिव श्री विष्णु प्रसाद खनालले सञ्चालन गर्नु भएको थियो ।

भेलाले श्री नारायण प्रसाद वाग्लेको अध्यक्षता १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । सो समिति को उपाध्यक्ष द्वय श्री शिव बहादुर थापा , श्री हर्क बहादुर पुन महासचिव श्री लक्ष्मी भण्डारी , सचिव मा श्री बिन्दु तिवारी , साथै कोषाध्यक्ष मा बिमला बस्नेतलाई सर्वसम्मति चयन गरेको छ । सो अधिवेशनको निर्वाचन संयोजन श्री बलराम अधिकारीले गर्नु भएको थियो ।