खनाल नेतृत्वको टोलीले ताल खोला पक्की पूलको जोड्दार माग

समाज

काठमाडौँ, साउन ३२ गते । बिष्णू खनालको नेतृत्वमा गएको एक टोलीले ताल खोला खूदी खोला मोटरेवल पूल निर्माणका लागी भौतिक योजना मन्त्री रमेश लेखकसँग माग गरेको छ । उक्त टोलीमा बूटबल उपमहानगरपालिका ने. का. सभापती खिलराज पाण्डे , रोजि पराजूली, निसा लगताएतका नेता कार्यकर्ता थिए ।

tal-khola-deligationमन्त्री लेखकले उक्त योजनाको सर्बे गरी आगामी आ.ब मा रातो किताबमा राख्न भरपूर कोसिस गर्ने  बचन.दिए ।

यो पूलले बैकल्पिक मार्गको रूपमा तनहूँको लालध्वज मार्ग र सिन्धु मार्गलाई जोड्ने छ। कास्की लेखनाथ १३ गगगनगौँडा र तनहूँ थप्रेक १ से राबेसी जोड्ने पूल हो ।मजूवामा सेतीनदीले राजमार्ग लाई ढेप्दै कटान गरेकोले बिकल्प मार्गको रूपमा पनि यसले काम गर्ने छ र कोत्रेलाई जोड्ने छ ।

नौ करोड बहत्तर लाख लागत रहेको उक्त पूलको दूई बर्ष आगाडी जि.बि.स. कास्की र तनहूँको लगानी मा आर.ए.आ.डि.पी.ले पक्की पूल को सर्बे गरेको भए पनी यो परियोजना आगाडी बड्न सकेको छैन ।