संखुवासभा समाज बेलायतको बार्षिक कार्यक्रम सम्पन्न

समाज

संखुवासभा समाज बेलायत द्वारा आयोजित बार्षिक भेट्घाट कार्यक्रम गत २० अगस्ट २०१६ शनिबारका दिन द नोर्थ  स्कुल एस्सेल्ला  रोड अश्फोर्ड  केन्टमा भव्यताका साथ सम्पन्न भएको थियो । बेलायत र नेपालको राष्ट्रिय गान बाट सुरु गरिएको  उक्त कार्यक्रमको  संखुवासभा कम्युनिटी अफ यु यस ए अमेरिकाका बर्तमान अध्यक्ष श्रीमति  शान्ती श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

SankhuwaSava-UK-201610001

संखुवासभा समाज बेलायतका बर्तमान अध्यक्ष् श्री गणेश रानाको  अध्यक्षता सुसम्पन्न उक्त कार्यक्रम सन्चालन कार्यसमितिका महासचिब सेमन्त राईले गर्नु भएको थियो । कार्यक्रममा सहभागी जनाउन संखुवा सभा समाज हंगकंगको पनि प्रतिनिधिहरु उपस्थित हुनु हुन्थ्यो |  स्थापनाकाल २००७ साल पछि यसरी अन्तर्राष्ट्रीय समन्वयनका साथ संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाका अध्यक्षको उपस्थितिले यस पटकको भेला एक ऐतिहासिक भेला भएको महशुस गरिएको छ । छिमेकी जिल्लाहरु धनकुटा, तेह्रथुम, ताप्लेजुङ्, पाँचथर, इलाम र भोजपुर बाट पाल्नु भएका पाहुनाहरुको उपस्थितिले छिमेकी जिल्ला संगको भातृत्व र दौत्य समबन्ध अझ मजबुद र प्रगाढ़ भएको महसुस भएको थियो ।

उक्त कार्यक्रममा उपस्थित मध्ये सबै भन्दा जेष्ठ पुरुष सित्तलपाटी गा बि स वासिन्दा श्री जीतबहादुर गुरुंग ८९ वर्षका तथा महिला तर्फ श्रीमती तिलमाया गुरुंग ८८ वर्षकी नगरिक लाई खादाले सम्मान गरी प्रमुख अतिथिद्वारा आशीर्वाद माग्ने कार्यक्रम भएको थियो । यसका साथै हाम्रा गाउँले दाजुभाई तथा दिदिबहिनीहरु, हाम्रा छोराछोरीहरुले विभिन्न क्षेत्रमा गरिएका उपलव्धि र सफलताको  कदर गर्दै प्रमुख अतिथिको बाहुलीबाट प्रमाण पत्र प्रदान गरिएको थियो साथै समाजको तर्फबाट उहाँहरुलाई हार्दिक वधाईका साथ उत्तरोत्तर प्रगतीको कामना गरिएको थियो  । यस वार्षिक भेलामा  माईतीजिल्लाबाट पठाईएको निम्तो स्वीकारी उपस्थिति जनाउनुहुने सम्पूर्ण निम्तालु  संखुवासभाका छोरीचेली र ज्वाईचेलालाई खादा द्वुरा सम्मान गरिएको थियो ।

SankhuwaSava-UK-201610004

भौगोलिक दूरिको पर्वाह नगरि मुलसडकको ट्रफिकलाई जित्न सबेरै बाटो लागी समयमा भेटघाट हुन आतुर भएका सबै गाउँले दाजुभाई दिदिबहिनीहरुको उमंगलाई चीसो पेय पदार्थ, मीठो खानाको प्रबन्ध समेत गरिएको थियो । हाम्रै  कार्यसमितिका स्वयं सेवक  पदाधिकारीहरु लगायत अन्य सहयोगीहातहरुको सामूहिक कोशिसले सो भेला सफल रहेको कुरामा दुई मत छैन।

उपस्थित सबै गाउँले दाजुभाई तथा दिदी बहिनिहरुको उत्सुकता र उमाङगलाई एक सुत्रमा बांधेर आफ्नो स्था निय लोकभाका र परम्पराको झांकीहरु प्रस्तुत गरिएको थियो । संखुवासभाली लोक भाका तथा लोक सुसेलिहरुले हाम्रो जिल्लाबासिहरुलाई एकताको मालामा गांस्ने काम  गरेको तथा हाम्रो जिल्लाका कला र संस्कृतिले धनी रहेको दरिलो प्रमाण समेत हामीसामु प्रस्तुत हुर्रा नाच, लाखे नाचले दिएको थियो ।  स्मरण रहोस् लाखे नाच यु के मा प्रथम पटक संखुवासभा समाज युकेले प्रस्तुत गरिएको हो। यसको सम्पुर्ण श्रेय हाम्रा संखुवासभा समाजका मनोरन्जन तथा युवा संयोजक श्री कमल गुरुंगलाई जान्छ ।

कार्यक्रमलाई अघि बढाउने क्रममा राफल ड्रले सबैको ध्यानाकर्षण गराएको थियो । जम्मा १६ वटा विभिन्न आकर्षित पुरस्कारहरुले गर्दा टिकट काटने चाहाना अन्तिम समय सम्म भएको देखिन्थ्यो । जस्लाई सन्चालन हाम्रा प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष क्षत्रीय विजय लिंगथेप ज्यु ले गर्नु भएको थियो।
 SankhuwaSava-UK-201610008

 

उपस्थित हुनु भएका सम्पूर्ण गाउले दाजुभाई दिदी बहिनीहरु तथा निम्तालु पाहुनाहरुको उत्सुकताको केन्द्रविन्दु हाम्रा प्रमुख अतिथि श्रीमति शान्ति श्रेष्ठमा केन्द्रित रहेको थियो ।संखुवासभा जिल्ला र संखुवासभालीहरुमा गहकिलो भिजन प्रस्तुत गरी हामी एक भए जिल्लामा धेरै सम्भावना रहेको कुरा मन्तव्यको क्रममा भेलालाई वताउनु भएको थियो । यसै क्रममा राजनीति, स्वार्थ जस्ता कुराहरुबाट टाढा रहेर उपलव्धिमुलक कार्यमा समाहित हुने हो भने हामीले अाफ्नै जिल्लामा रोजगारीको अवसर सृजना गर्न सक्छौं भन्नु भएको थियो । हामी संग भएको अर्थ संकलन गरेर सामूहिक रुपमा विकास र उन्नतीको फड्को मार्नका लागि हामी नगरपालिका भित्र हैन दुर्गम क्षेत्र गाँउ गाँउमा जानु पर्ने र जहाँ शिक्षा, स्वास्थ्य, गाँसवास र कपास जस्ता आधारभूत आवश्यकताहरुबाट बन्चित रहेको क्षेत्रबाट काम शुरु गरे त्यसको परिणामबाट आफ्नो नाम रहने कुरालाई अवगत गाउनु भयो। “जन्मदा सास र मर्दा नाम” विश्वास गरेर आफुलाई विश्वास गर्न आग्रह गर्दै संखुवासभा समाज बेलायत र सम्पुर्ण वेलायतबासी संखुवासभालीहरुलाई धन्यवाद प्रकट गर्नु भयो ।

अन्तमा संखुवासभा समाज वेलायतका अध्यक्ष श्री गणेश रानाको पहलमा संखुवासभा समाज वेलायतको वार्षिक भेलामा उपस्थित भई प्रमुख आतिथ्य गर्ने अवसर मिलेको हुदा उहाँलाई धन्यवाद ज्ञापन गर्नु भयो। यसरी नै कार्यक्रमका अध्यक्ष श्री गणेश रानाले हामी सबैको लागी यो एक ऐतिहासिक भेला रहेको कुरा वताउदै प्रमुख अतिथिले दिनु भएको समय र यो अन्तर्राष्ट्रीय समन्वयका लागि राख्नु भएको सकारात्मक क़दम ज्यादै आशावादी रहेको कुरा प्रकास पार्नु भयो। आउने सालको भेला १० सौं वर्षगाँठ परेकाले भव्यताका साथ मनाउने कुरा अवगत गराउदै सबैमा संखुवासभाली भएर गर्व गर्न आग्रह गर्नु भयो।

अर्कों वर्षको भेला फेल्थाम कम्युनिटी हलमा १२ अगष्ट २०१७ शनिवार का दिन सवैलाई उपस्थितिको आव्हान गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो । स्थानीय जिल्लाबासी कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो |

SankhuwaSava-UK-201610016

SankhuwaSava-UK-201610015

SankhuwaSava-UK-201610011

SankhuwaSava-UK-201610009

SankhuwaSava-UK-201610010

SankhuwaSava-UK-201610012

SankhuwaSava-UK-201610002

SankhuwaSava-UK-201610013

SankhuwaSava-UK-201610006

SankhuwaSava-UK-201610005

SankhuwaSava-UK-201610003

SankhuwaSava-UK-201610017

Post Comment