वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

समाज

काठमाडौँः चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ ।

जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

गुरुङको ‘आलुतामाले’ गीतसमेत समेत चर्चित छ । थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए ।

गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ । गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको समेत गायक भेटवालले जानकारी दिए ।

Post Comment