पोखरा मा रहेका महिलाहरुको सहभागितामा अभियान युवा क्लवको आयोजनामा गरिएको महिला भेलाले ‘अभियान महिला उप–समिति’ गठन गरेको छ । उल्लेख्य सहभागिताको बिचमा अभियान युवा क्लवको मातहतमा रहने गरि राजकुमारी थापाको संयोजकत्वमा ५१ सदस्यीय महिला उप–समिति गठन भएको हो ।
जिरो किमीमा कार्यालय रहेको अभियान युवा क्लवको परसरमा भएको महिला भेलामा महिला विशेष कार्यक्रमका लागि उक्त समिति गठन गरिएको जानकारी क्लवले दिएको छ । महिलालाई समाजमा निर्धक्क अगाडी बढ्न प्रेरणा दिनका लागि पनि उक्त समिति गठन गरिएको क्लबले बताएको छ ।
क्लवका अध्यक्ष मोहन बहादुर केसीले यो उप–समिति समाजमा रहेका दिदि, बहिनी, आमाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउनको लागि समिति गठन गरिएको बताए ।
अभियान महिला उप–समितिमा रहने संयोजक तथा सदस्य महिलाहरुलाई स्वागत गर्दै अध्यक्ष केसीले अबिर तथा फूलको गच्छा प्रदान गरेका थिए । समिति गठन पश्चात संयोजक राजकुमारी थापाले प्रतिबद्धता व्यक्त गरेकी थिईन् ।
भेलामा उपस्थितलाई स्वागत गर्न स्वागत मन्तव्य द्धितिय उपाध्यक्ष जयप्रकाश थापाले गरेका थिएभने भेलाको संचालन क्लबका सचिव राजु गिरीले गरेका थिए ।