पोखरा फोटोग्राफर संघ द्धारा अनाथ तथा असाय महिलाहरुलाई दर खुवाउदै कपडा वितरण

समाज

पोखरा फोटोग्राफर संघ द्धारा महिलाहरुको महान पर्व हरि तालिका तिज पर्वको अवसरमा ‘कोपिला नेपाल’ संस्थामा रहेका अनाथ तथा असाय १६ जना महिलाहरुलाई शुक्रबार एक समारोहका विच दर खुवाउदै उनीहरुलाई कपडा समेत वितरण गरीएको छ ।

बिगत ४ बर्ष देखी प्रत्येक बर्ष नेपाली नारीहरुको पर्व हरि तालिका तिजको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व रुपमा अनाथ तथा असाय महिला तथा बालिकाहरुलाई तिजको अवसर पारेर यस्ता कार्यक्रम गर्दै आइरहेको छ ।

कान्तिपुर पार्टी प्यालेसमा सम्पन्न सो कार्यक्रमको संयोजन पोखरा फोटोग्राफर संघका सह-सचिब सान्त्वना पराजुलीले गर्नु भएको थियो ।

फोटो: पोखरा फोटोग्राफर संघ

Post Comment