अर्जुन काफ्ले स्याङ्जा, भदौ १९ गते । केवरे भञ्ज्याङ गाउँ बिकास समिति–७ उपल्लो ताप्केमा गएराती पहिरोले एक घर भत्किँदा चार जनाको मृत्यु भएको छ ।
ताप्केका थमन सिहँ सारुको बर्षा सगै गएको पहिराले कच्ची घरको पछिल्लो भाग भत्किदा ७८ बर्षिय आमा चन्द्र कुमारी सारुको मृत्यु भएको हो । त्यस्तै मल्याङकोट ९ बाट मामाघर आएकी सारुकी नातिनी ३२ बर्षिय होमकुमारी मर्स्याङ्गी, पनातिनी बर्ष ७ की पुनममर्स्याङ्गी र नाती मिलन मर्स्याङ्गीको मृत्यु भएको प्रहरी नायब उपरिक्षक वीर बहादुर पुलामीले जानाकारी दिनुभयो ।
महिलाहरुको महान चाड हरितालिका तिजमा मामा घर दरखान आएकी नातिनी सहित छोरी र नाबालक छोराको मृत्यु भएको हो । घरमा सुतिराखेका घरका अन्य पाचँ जनाको परिवार भने सकुसल रहेको पुलामीले जानाकारी दिनुभयो । रातको २ बजे एक्कासि पहिरोले घरको पछाडीको भाग भत्कदा चेपिएर आमा, नातिनी, पनातिनी, पनातीको मृत्यु भएको सारुले जानाकारी दिनुभयो ।
घटनास्थलमा केवरे र वडा प्रहरी कार्यालय वालिङ्को टोली पुगेर उद्धार गरेको पुलामीले जानाकारी दिनुभयो ।