कोलोराडोमा तीज विशेष कार्यक्रम र पंचमी पूजा हुने

समाज

अमेरिकामा रहेका नेपाली भाषी भुटानी महिला दिदीबहिनिहरुले हरितालिका अर्थात तिजको अवसरमा तीज विशेष कार्यक्रम र पंचमी पूजाको आयोजना हुने भएका छ ।

teej_puja-2073राष्ट्रसंघिय पुनर्वास कार्यक्रम अन्तरगत अमेरिका पुगेका नेपाली भाषी हिन्दु भुटानी महिलाहरुले धुमधामसंग तिज मनाउने भएका हुन । अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने हिन्दु धर्मावलम्बी भुटानी महिलाहरुले यहि सेप्टेम्बर ६ तारिख भव्य कार्यक्रमको आयोजना गरि तिज मनाउने भएका हुन ।

कोलोराडो स्पिरिट होम कियर अनि डे कियर संस्थाले आयोजना गरेको सो कार्यक्रमलाई सफल बनाउनको लागि कोलोराडोबासी भुटानी महिलाहरु नुहाउन जनाको लागि सहयोग गर्ने बताएको छ । सोही संस्थाका कर्मचारीले गाडी लिएर सम्पूर्ण भुटानी महिलाहरुको घरमा लिन जाने व्यवस्था रहेको छ । त्यसपछि तीज बिशेष हुने सस्थाका रघु धौरालीले बताएका छन्। यस किसिमको कार्यक्रमले प्रवासमा समेत नेपाली धर्म , संस्कृति र परम्पराको प्रवर्द्धन गर्न सहयोग हुने जानकारहरु बताउँछन् ।

आगामी सेप्टेम्बर ६ तारिख कोलोराडोमा बिहान ८ बजेदेखि शुरु हुने तिज विशेष कार्यक्रममा आयोजकले कोलोराडो राज्यका सम्पुर्ण नेपाली भाषी भुटानीलाई उपस्तिथिको लागि आग्रह समेत गरेको छ ।

Post Comment