नव आदर्श सामुदायिक बिकास समाजको आयोजनामा हरितालिका तिज महोत्सब अवसरमा भएको राष्ट्रिय महिला भलिबल तर्फको बिजेता न्यू डाइमन्ड एकेडेमी र उपबिजेता सशस्त्र प्रहरी बल भएका छन ।
यि दुबै टिम गत बर्षको तिज महोत्सबमा पनि फाइनलमा यसै मैदानमा भिडेका थिय । अहिले सम्म नव आदर्श सामुदायिक बिकास समाजको आयोजनामा हुने गरेको राष्ट्रिय महिला भलिबल तर्फ न्यू डाइमन्ड एकेडेमीले ४ पटक बिजयी हासिल गरिसकेको छ । बिजेता टिमले ७५ हजार नगद, उपबिजेताले ५० हजार नगद, टप्सले २० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरियो । विजेतालाई आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष धर्ममान सिंह भण्डारीले, नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्द, आयोजक संस्थाकी सचिव लक्ष्मी क्षेत्री पाण्डे लगायतले पुरस्कृत गरे ।
उक्त कार्यक्रमको प्रमुख अतिथी मलेसियन गुरु आनन्द रहनु भयको थियो भने अन्य अतिथीहरुमा पूर्व मन्त्री शरद सिह भण्डारी, समाजसेबी कृष्ण थापा, रोटरी क्लबका पूर्व अधेक्छ्य किरण प्रदान आदी रहनु भयको थियो ।
उक्त तिजे महोत्सबमा राजु ढकाल, धनश्याम रिजाल, शान्ती पारीयार, मन्जु बिक, जिबन दाहाल, आदी कलाकारले आफ्नो प्रस्तुती दिनु भयको थियो भने आकर्शकका केन्द्र गायक पशुपती शर्मा रहेका थिय । साथै टिका पुन, दिपक खड्का, तुलशा जिसी आदी कलाकारहरुले दर्शक नचाएका थिए ।
प्रत्येक बर्ष झै यस बर्ष पनि अन्तर माध्यामिक बिद्यालय लोक तथा सास्कृतिक न्रिय्त र तिज गीत प्रतियोगिना सम्पन्न गरियो । तिज गीतमा जाल्पादेवी सामुयादिक महिला बिकास समिती प्रथम, सामुदायिक महिला बिकास समिती दोश्रो, गैराबारी कोपिला अामा समुह तेश्रो र अंमरसिङ्का दृष्टिबिहिनहरुको समुहले सान्त्वोना हुन सफल भयक थियो । तेसै गरी लोक नाच तर्फ कन्चनजङा बोर्डइङ प्रथम, सोसल पब्लिक दोश्रो, बेसलाइन एकेडेमी तेश्रो र कास्की मोडेर्नाइजले सन्त्वोन पुरस्कार जित्न सफल भयको थियो ।
उक्त तिज महोत्सबमा डा. गेहेन्द्रमान उदास लाई डा. चण्डी स्मृति सम्मान, खेल्खुद तर्फ ह्यान्डबल खेलाडी बिशाल बस्नेतलाई सम्मान गरियो । सम्मानीन ब्यक्तित्वहरुलाई मलेसियन गुरु आनन्द र सस्थाका अधेक्छ्ये धर्ममान सिंह भण्डारीले लागायतले गर्नु सम्मान गर्नु भयको थियो ।
बिभिन्न समुह द्वारा तिज गीत तथा बिबिध सास्कृतिक कार्यक्रम र सितारियो कराते खेल समेत प्रस्तुत गरियको थियो ।