‘सम्बर्द्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज जिल्ला बाल मंच कास्की, जिल्ला बाल कल्याण कास्की, जिल्ला विकास समिति कास्कीको संयुक्त आयोजनामा राष्ट्रिय बाल दिवस -२०७३ मनाइयो।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद मैनाली, स्थानीय बिकास अधिकारी श्री दामोदर अधिकारी, महिला बिकास अधिकृत लक्ष्मी जि सी, केन्द्रीय बालगृह महासंघकी उपाध्यक्ष श्रीमती गोमा ढकाल, केन्द्रीय बालगृह महासंघ सचिब, बालगृह सञ्जाल कास्कीका अध्यक्ष राजेन्द्र गौतम, गैर सरकारी महा संघका केन्द्रिय सचिब राम प्रसाद सुबेदी, केन्द्रीय बालगृह महासंघकी उपाध्यक्ष श्रीमती गोमा ढकाल, केन्द्रीय बालगृह महासंघ सचिब, तथा जिल्ला शिक्ष अधिकृत रामनाथ अधिकारी, मानब अधिकार आयोगका छेत्रीय संयोजक शिब खकुरेल, जिल्ला अधिकार श्रोत ब्येक्ति श्री बद्रि वाग्ले, जिल्ला बाल मंच कास्कीका निबर्तमान अध्यक्ष दिपक बि क, बर्तमान अध्यक्ष रश्मि भट्टराई, तथा विभिन्न संघ संस्थाहरु बाट प्रतिनिधिहरुको तथा कास्कीका विभिन्न बालबालिकाहरुको उपस्थिति रहेको थियो।
उक्त अवसरमा विभिन्न बालगृहहरु बाट आएका बालबालिकाहरुले बालबालिका हकहित र संरक्षणका काम गर्दै आइरहेका सरोकारवाला ब्यक्तिहरुलाई आफ्ना जिज्ञासा तथा प्रश्नहरु सोधेका थिए।त्यसैगरी नेपालको संविधानको २०७३ मा बालबालिका अधिकार तथा बालबालिका हकहित र संरक्षणका बारेमा लेखिएका कुरा जिल्ला अधिकार श्रोत ब्येक्ति श्री बद्रि वाग्ले र जिल्ला बाल कल्याण समीति सदस्यले प्रकाश पार्नुभयो।
बालबालिकाको हक हितको संरक्षण गरि बाल आधिकारको प्रबर्द्धनगर्नमा पुर्याउनुभएको योगदानको कदर गर्दै राष्ट्रिय बाल दिवस -२०७३ को अवसरमा समाजसेबी दिदि गोमालाई बिशेष धन्यबाद साथ प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद मैनाली बाट कदर-पत्र प्रदान गरियो।