पाइलट तथा इन्जिनियरले जागरि छोड्नुपरे एक वर्षअघि जानकारी दिनुपर्ने

समाज

काठमाण्डौं । मुलुकको उड्यान क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणले कुनै पनि वायु सेवा कम्पनीमा काम गरिरहेका पाइलट र इन्जिनियरले जागरि छाड्न परे आफ्नो संस्थालाई एक वर्षअघिनै लिखित जानकारी दिनुपर्ने नियम बनाएको छ।

हाल विद्यमान निमयअनुसार तीन महिनाअघि जानकारी दिएर राजीनामा दिन पाइन्छ। तर, पछिल्लो पटक यो नियम पनि लत्याउँदै पाइलट तथा इन्जिनियरले धमाधम अन्य वायुसेवा कम्पनीमा काम गर्न जानेक्रम बढेपछि प्राधिकरण सञ्चालक समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको छ ।

‘पछिल्लो पटक काम गरिरहेका वायुसेवा वा हेलिकप्टर कम्पनीलाई दुई/चार दिन अघि मात्र जानकारी दिँदै राजीनामा दिएर अन्य कम्पनीमा जाने क्रम बढेपछि यस्तो निर्णय लिइएको हो,’ पर्यटन मन्त्री जीवनबहादुर शाहीले भने,‘अब विद्यमान तीन महिने अग्रिम जानकारीलाई बढाएर एक वर्षे बनाएका छौं। यसबाट अस्वस्थ प्रतिश्पर्धाको अन्त्य हुने र उड्यान क्षेत्र थप सुरक्षीत हुने विश्वास छ।’