नेपाली जनसम्पर्क समिति अमेरिकाकाका केन्द्रिय उपाघ्यक्ष धर्मराज श्रेष्ठलाई मातृशोक परेको छ।
श्रेष्ठकी ममतामयी माता छन्दकुमारी श्रेष्ठको ९२ वर्षको उमेरमा आज बिहान ९:२० मा कोलोराडो स्थित कोलोराडो स्पृङ्समा आफ्ना कान्छा छोरा जिवन श्रेष्ठको निवासमा निधन भएको हो ।
स्व. श्रेष्ठका सात भाई छोरा र एक छोरी छन् ।
स्व. श्रेष्ठको दाहसंस्कार भोली दिउँसो एक बजे देखी पाँच बजेसम्म Swan Law Funeral Dignity 501 N. Cascade Ave. Colorado Springs, CO 80903 मा हुने जानकारी स्व. श्रेष्ठको परिवार स्रोतले जनाएको छ ।