काठमाडौ | “प्रधानमन्त्री संग सिधाकुरा” नामक कार्यक्रमका पुर्व कार्यक्रम संचालक तथा उक्त कार्यक्रमका जन्मदाता रबि लामिछानेले आज आफ्नो फेसबुक वालमा एक स्टाटस लेखेर प्रधानमन्त्रीलाई चुनौती पूर्ण आक्रोश पोखेका छन् | हाम्रो कार्यक्रम अब हामी चलाउछौ त्यो पनि सिधा कुरा जनतासँग | स्मरण रहोस उक्त “प्रधानमन्त्री संग सिधाकुरा” नामक कार्यक्रम प्रधानमन्त्री परिवर्तन भए संगै रबि लामिछाने बाट खोसिएको थियो | हेर्नुस उनको स्टाटस र भिडियो जस्ताको तस्तै |
प्रधानमन्त्री ज्यु, अब हामी आफ्नो कार्यक्रम अझ बेजोडले संचालन गर्दैछौ। हामी बाट छल र बल पुर्वक खोसिएको कार्यक्रमको लोगो र अन्य श्रब्य दृश्य सामाग्री अब नयॉ बनाउनुहोला। अब तिनको प्रयोग हामी आफै नै गर्दैछौ। नया बनाउन नसक्ने भए हामीलाई खबर गर्नुहोला,सहयोग गर्न तयार छौ। तर हाम्रो बौध्दीक सम्पत्ति अब आउने कार्यक्रमबाट प्रयोग नगरी दिनु होला। तपाईलाई ५ मिनेटमात्र भेट्नेपनि हैसियत मेरो रहेनछ। धेरै कुरें र धेरैलाई गुहारें । अब कुर्न पुग्यो प्रधानमन्त्री ज्यु । ठिकै छ, कुनै दिन उल्टो मलाई भेट्न पाए हुन्थ्यो भन्ने तपाईलाई लाग्ने गरी मेहनत गरुला। यो मेरो दृढ संकल्प र आत्मविश्वास मात्र हो, घमण्ड हुदै होइन। मलाई त्यो दिनको प्रतिक्षा रहेनछ ।
तपाई बाट नै उद्धाटित संसार कै सर्वाधिक लामो टक शो संचालन गरि विश्व किर्तीमान राखेको प्रमाणपत्र दिंदा मलाई Guinness World Records का अधिकारीले भनेका थिए “YOU ARE OFFICIALLY AMAZING” । हो अब चाही महशुस हुने गरी AMAZING हुनु छ। जनता र प्रधानमन्त्री विचको पुल स्वरुप बनेको कार्यक्रम बाट यसको परिकल्पनाकार संचालकलाई हटाएर तपाईले के के न गर्नु होला भन्ने ठानेका थियौ, तर नतिजा देखियो। हुन त कत्रा कत्रा विषय मिलाउन ब्यस्त तपाईलाई यो विषय नाथे लाग्ला तर मेरालागि यो विषय सानो हुन सकेन। धेरै समय लगाएर दुख र संघर्ष गरेर निर्माण गरेको कार्यक्रम कति निर्ममता पुर्वक खोस्नु भो है।
कार्यक्रममा तपाई अहिले बस्ने गरेको कुर्सी समेत अघिल्लो दिन आफैले किनेर ल्याएका थियौ हामिले,किन भने अघिल्लो प्र म को कुर्सीमा तपाई नबस्ने भन्ने ख़बर आयो। पुरै टिम मिलेर रात भर तपाईकालागि भनेर सेट परिवर्तन गरियो। तर तपाई त मलाई काम लगाएर मेरै कार्यक्रमबाट मलाई नै हटाउने सुर गर्दै पो हुनुहुदो रहेछ, तपाईसंग कार्यक्रम संचालन गर्ने लालच होइन तर चित्त चाही नराम्रोसँग दुख्यो।तर जे भो राम्रो भो। तपाईको कार्यकाल सफल रहोस्। शुभ कामना! मलाई माया र हौसला प्रदान गरि दिनु हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अब स-गौरव प्रस्तुत छ, जनताको चासो,गुनासो र प्रश्न सहितको विशेष कार्यक्रम “सिधा कुरा जनतासँग” । प्रतिक्षा गर्नुहोला।