सहिदको स्मृतिमा अनेरास्ववियु कास्कीले विद्यार्थीलाई सम्मान गर्यो  

समाज

पोखरा, ३ पौष । अनेरास्ववियु कास्कीले आज पोखरा स्थित पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी सम्मान तथा सास्कृतिक कार्यक्रम सम्पन्न गर्यो ।

सहिद फडिण्द्र राज तिमिल्सिनाको ३५ औं स्मृति दिवसका सन्दर्भमा आयोजित सो कार्यक्रममा कास्की जिल्लामा रहेका क्याम्पसमा उच्च अङ्क ल्याउने मेधाबी ३० जना विद्यार्थीहरु लाई नगद र प्रमाणपत्र सहित सम्मान गरिनुका साथै लोक गायक बद्री पङ्गेनी, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, शङ्कर बिरही गुरुङ लगाएतले साङ्गितिक प्रस्तुति राखेका थिए ।

कार्यक्रममा पुर्ब स्वास्थ तथा जनसंख्या मन्त्री एमाले नेता खगराज अधिकारी प्रमुख अतिथि तथा विशेष अतिथि अनेरास्ववियु महासचिव ऎन महर , सचिब आरसी लामिछाने रहेका थिए ।

पुर्ब स्वास्थ्य मन्त्री अधिकारिले प्रचण्ड र शेरबहादुर देश भारतलाई सुम्पिन  लागिपरिरहेको  आरोप लगाए ।’ संविधान संशोधन एमाले रहिन्जेल हुदैन ‘उनले भने:-  निर्वाचन गरे पत्ता साफ हुने डरले सरकार चुनाव गर्न आलटाल गरिरहेको छ ।

20161218164436

अनेरास्ववियु महासचिव ऎन महरले स्वबियु चुनाव गर्न कुनै पनि शक्तिले रोक्न नसक्ने बताउदै विद्यार्थीलाई चुनाव केन्द्रित रहि कृयाशिल हुन निर्देशन दिए ।

अनेरास्ववियु सचीव आरसी लामिछानेले विद्यार्थीका हरेक समस्यालाई सम्बोधन गर्ने, उनिहरुका हक हितमा सदैब लडिरहने र शैक्षिक परिवर्तनका लागि सकारात्मक भुमिकाले नै अनेरास्ववियु प्रती विद्यार्थीहरुले देखाएकि मायाले नै सदैब पहिलो भएको दाबी गरे ।

 

केन्द्रिय सचिवालय सदस्य नरेश रोकायले पृथ्वीनारायण क्याम्पसम अखिलले राज गर्दै आइरहेको र त्यो बिरासत भोलि पनि कायम रहने उद्दघोष गरे ।

अनेरास्ववियु गण्डकी इन्चार्ज सरिता पुरी , एमाले जिल्ला सदस्य तथा पुर्ब स्वबियु कोषाध्यक्ष मनकुमार श्रेष्ठले पृथ्वीनारायण क्याम्पसको शैक्षिक परिवर्तनमा अखिलले गरेका उदाहरणिय कामको बारे बोलेका थिए ।

अनेरास्ववियु क्याम्पस जिल्ला कमिटीका अध्यक्ष बिबेक देबकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन सचिब अमृत ढकालले गरेका थिए ।

Post Comment