हिजो साँझ बगरमा बगरमा नगरबसको ठक्करबाट नेविसंघ स्याङ्जा पोखरा सम्पर्क समिती अध्यक्ष बोधराज ढकालको मृत्युको बिरोधमा आज बिहानै देखि पृथ्बीनारायण क्याम्पस गेट अगाडी नेबिसंद्यले प्रर्दशन गरेको छ ।
नारावाबजी सहित प्रर्दशनमा उत्रिएका बिद्यार्थिहरुले ग १ ज ६६७७ नम्बरको पोखरा नगर माइक्रो तोडफोड समेत गरेका छन् ।
तोडफोडमा उत्रिएका बिद्यार्थीलाई नियन्त्रणमा लिन खोज्दा बिद्यार्थी र प्रहरी बिच झडप भएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका कपिलदेब रानाभाट लगायत ६ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तारमा लिएका बिद्यार्थिहरुमा माथि व्यापक दमन गरिएको नेबिसंघले आरोप लगाएको छ।
अहिले पृथ्वीनारायण क्याम्पस बगर क्षेत्र तनाबग्रस्त बनेको छ । ।