मंगलबार रातिदेखि देशैभर मौसम बदली भएको छ ।
पश्चिमी वायुको प्रभावका कारण काठमाण्डु उपत्यकासहित देशैभरिको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम बदलीका कारण बिहानैदेखि काठमाण्डु उपत्यकामा घाम लागेको छैन । मौसम बदली भएसँगै काठमाण्डुमा जाडो बढेको छ ।
उपत्यकामा बुधबार बिहानको तापक्रम ६ डिग्रीमा झरेको छ । आज दिनभर नै मौसम खुल्ने संभावना नरहेको मौसमविद्ले बताएका छन् ।
मौसम बदली भए पनि उपत्यकामा पानी पर्ने संभावना छैन । पूर्वी तथा पश्चिमी क्षेत्रका पहाडी भूभागमा भने हल्का पानी पर्ने संभावना छ ।
पश्चिम तराईमा केही दिनदेखि बिहानीपख हुस्सु लाग्न थोको छ । तर, पूर्वी तथा मध्य तराईमा भने मौसम सामान्य बदली भए पनि हुस्सु लागेको छैन ।