कपडा व्यवसायी एशोसियसनको रक्तदान: ३१ युनिट रगत संकलन

कपडा व्यवसायी एशोसियसनको रक्तदान: ३१ युनिट रगत संकलन
सोमबार , अषोज १७, २०७९
समाज

कपडा व्यावसायी एशोयिसन कास्कीद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । एशोसियसनको वार्षीक कार्यक्रम अन्तरगत आयोजित १४ औँ संस्करणको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

यसअघि कार्यक्रमको उद्धघाटन गर्दै पोखरा उद्योग वाणीज्य संघका अध्यक्ष दामु अधिकारीले कयौन व्यासायीक समस्यासंग लडिरहेका पोखरेली कपडा व्यवसायीहरुको मानविय सेवाभाव प्रति आभार प्रकट गर्नुभयो । व्यवसायीका पिरमर्काहरुको निराकरणका लागी छाता संस्थाको अध्यक्ष भएका नाताले पनि आफु जिम्मेवार र जानकार रहेको बताउनुभयो ।

पोखरा उद्योग वाणीज्य संघका सदस्य रामेश्वर अधिकारीले व्यवसायका अलवा पोखरेली कपडा व्यवसायीहरुले सामाजिक सेवाको क्षेत्रमा महत्वपुर्ण योगदान गरिरहेको बताउनुभयो । शिक्षा र मानव सेवामा उनिहरुले अतुलनिय योगदान गरेको अधिकारीले उल्लेख गर्नुभयो । अर्का सदस्य नगेन्द्र सुवेदीले व्यवसायीहरुले व्यपार मात्र नभई रक्तदान जस्ता मानविय कार्यहरु गरेर सामाजिक उत्तरदायित्व बहन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा कपडा व्यावसायी एशोसियसनका पुर्व अध्यक्ष एंव सल्हाकार जनकराज पराजुली, प्रेम बहादुर भुजेल, फेन्सि तथा रेडिमेड व्यावसायी संघका अध्यक्ष प्रदिप मुल्मी, साँघुमुख व्यवसायी समितिका अध्यक्ष सुर्य त्रिपाठी, सर्वेश्वर मार्ग व्यवसायी समितिका अध्यक्ष सन्तोष पौडेल, क्षेत्रिय रक्तसंचार केन्द्र पोखराका प्राविधिक अधिकृत महादेव पोखरेल लगायतले बोल्नुभएको थियो ।

एशोसियसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संयोजक लेखनाथ पौडेल र संचालन एशोसियसनका महासचिव धर्ममानसिहं भण्डारीले गर्नुभएको थियो । वर्षमा एक दिन कपडा व्यवसायीहरुले आफ्नो व्यवसाय थाति राखेर रक्तदान गर्ने गरेका छन् । पोखरामा बेलाबखतमा हुने रगत अभावको स्थिती अन्त्यका लागी यस्ता संस्थाहरुको उल्लेखनिय योगदान रहेको छ ।

पछिल्लो समय रातो रगतमा समेत कालोबजारी हुने गरेको भनि उपभोक्ताहरुले गुनासो गरेका छन् । तर, शान्तिदिप अभियान्ताद्धारा संचालित आकस्मिक रक्तदान युनिटका व्यवस्थापक हरिशचन्द्र सापकोटाले भने उपभोक्ता उक्त गुनासोलाई भ्रम भनी टिप्पणी गरेका छन् ।

Post Comment