गुगलले मोबाइलमा एपमार्फत युट्युबमा चाँडै नै लाइभ भिडियोको सुविधा ल्याउने

सुचना-प्रबिधी

गुगलले मोबाइलमा एप्लिकेशनमार्फत युट्युबमा चाँडै नै लाइभ भिडियोको सुविधा ल्याउने भएको छ । युट्युबमार्फत मोबाइलबाट लाइभ भिडियोको सुविधा आईफोन र एण्ड्रोइड एप्लिकेशनमार्फत दिइने छ र यसले ट्वीटरको पेरिस्कोप र फेसबुकको लाइभसँग प्रतिष्पर्धा गर्नेछ ।

युट्युब क्रियटर ब्लगले गुगलले ल्याउने यस सुविधा कहिले आउँछ भन्नेबारे केही खुलाएको छैन् । तर, यो सुविधा अन्यमा भएको लाइभ भिडियोको सुविधा जस्तै हुनेछ, जसबाट लाइभ भिडियो च्याट, सबैले देख्ने गरेर पब्लिक भिडियो सार्वजनिक गर्न सकिने र सस्क्राइबरलाई जानकारी(नोटिफिकेशन) दिने सुविधा रहनेछन् ।

गुगलले विश्वको सबैभन्दा धेरै अनलाइन भिडियोहरू होस्ट गरिरहेको दावी गर्दै यसले सबैलाई थप सहज बनाउने विश्वास व्यक्त गरेको छ । यस्तै, गुगलले यो सुविधामा सुरूवातमा केही युट्युबका चर्चित क्रियटरहरूलाई दिइने छ र पछि मात्र यसलाई सबैका लागि खुला गरिने जानकारी दिएको छ ।

सुरूवातमा केही व्यक्ति या संस्थालाई मात्र यसको प्रयोग गर्न दिएर क्वालिटी परीक्षण गर्ने र परिक्षण सफल भएपछि मात्र सबैका लागि यो सुविधा प्रदान गरिने गुगलले जनाएको छ । गुगलले लाईभ भिडियो ल्याउनुमा आफ्ना ग्राहकलाई लाइभ भिडियोका लागि फेसबुक या पेरिस्कोपतर्फ आकर्षित हुन नदिने सोचाई रहेको समेत बताइएको छ ।

आफ्ना प्रतिद्वन्द्वीका रूपमा रहेका फेसबुक र पेरिस्कोपप्रति मानिसको आकर्षण कम गरेर आफूतर्फ थप मानिसलाई आकर्षित गर्ने सोच गुगलको रहेको बताइएको छ ।