यसरी लामो समय टिकाउनुस् मोवाइलको ब्याट्रि

सुचना-प्रबिधी

charging

स्मार्टफोनले जीवनलाई जति सहज बनाएको छ त्यसको ब्याट्रिले प्रयोगकर्ताहरूलाई उति तनाव दिने गर्छ।

चार्ज गरको ब्याट्रि छिटो सकिनाले प्रयोगकर्ताहरु हैरान हुने गर्छन्। जरुरी परेकै बेला ब्याट्रि सकिएपछि त झन् हैरान।

चार्जर र पावर बैंकसँगै लिएर हिँड्नु बाध्यता बनेको छ, स्मार्टफोन प्रयोगकर्ताहरूको। तर त्यो पनि अस्थायी समाधान मात्र हो।

यसको उपयुक्त समाधान नभए पनि केही अस्थायी समाधानका उपायहरु भने छन्।  एन्ड्रोइड स्मार्टफोनको ब्याट्री टिकाउने यस्ता टिप्स इन्टरनेटमा भेटिने गर्छन्:

स्मार्टफोनको ब्याट्रीको चार्ज धेरै नरित्याउनुहोस् । ब्याट्री ४० प्रतिशतमा झरेपछि चार्ज गर्नुहोस् । तर, हरेक तीन महिनामा भने मोबाइलको ब्याट्री चार्जरलाई पूरै रित्याउनुहोस् अनि मात्र चार्ज गर्नुहोस् ।

यसो गर्दा ब्याट्रीको चार्जिङ क्षमता बढ्ने ब्याट्री युनिभर्सिटी ब्लगमा दाबी गरिएको छ ।

–मोबाइलको कल घण्टी खुला गर्नुहोस् । भाइब्रेसन एक्टिभेट गर्दा त्यसले ब्याट्रीको चार्ज बढी खपत गर्छ ।

–तपाईंको स्मार्टफोनमा कुन एपले बढी ब्याट्री खपत गरिरहेको छ थाहा पाउनुहोस् । उक्त एप खासै कामको छैन भने अनइस्टल गर्नु ठीक हुन्छ । कुन एपले बढी ब्याट्री खपत गरेको छ जान्नका लागि स्मार्टफोनको सेटिङमा गएर चेक गर्न सक्नुहुन्छ ।

–मोबाइलको नेटवर्क सिग्नल कम छ र स्मार्टफोनले लगातार नेटवर्क सर्च गरिरहनुपर्छ भने त्यसबेला निकै धेरै ब्याट्री खपत हुन्छ । त्यसैले खास गरी यात्राका दौरान यस्तो हुने भएकाले मोबाइलमा एयरप्लेन मोड एक्टिभेट गर्नुहोस् ।

जसका कारण स्मार्टफोनले नेटवर्क खोज्नमा ऊर्जा खर्च गर्नुपर्दैन । मोबाइल नेटवर्क कम भएको बेला डाटाभन्दा वाइफाइको प्रयोग गर्दा ब्याट्री बढी खप्छ ।

–होमस्क्रिनबाट अनावश्यक एप हटाउनुहोस् । धेरै एन्ड्रोइड एपहरूलाई होमस्क्रिनमा राखिन्छ । स्मार्टफोनको स्क्रिन अनलक गर्नेबित्तिकै त्यस्ता एप सीधै प्रयोग गर्न सकियोस् भन्नका लागि यसो गरिन्छ ।

तर, यसरी होमस्क्रिनमा राखिएका एप लगातार अपडेट हुने भएकाले बढी डाटा र ब्याट्री खपत गर्छन् ।

त्यसैले होमस्क्रिनबाट त्यस्ता एपको विज्याट हटाउनुहोस् । त्यसका लागि उक्त एपको आइकनमा थिच्नुहोस् । त्यहाँ ट्रयास आइकन देखापर्छ । एपको विज्याटलाई ड्रयाग गरी सोही ट्रयासमा लगेर हाल्नुहोस्।