हिन्दु नारीहरुको तिजको माहौलले अब जताततै छोइसकेको छ तर कलाकारहरु झन् गितका एल्बम निकाल्नमा नै बढी ब्यस्त देखिएका छन् । एस्तैमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेका चोलेन्द्र पौडेल नयाँ तिज कोसेली ‘दिलभित्र चित्रमा’ का साथ आएका छन । गायिका तुलसा जी.सी ले पौडेललाई स्वरमा साथ दिएकी छन् । गोर्खा म्युजिक प्रा.लि ले बजार बेवस्थापन गरेको उक्त्त गितमा चर्चित गायक एवं उत्कृष्ट शब्द शंकलक पशुपती शर्माको शब्द रचना रहेको छ भने लय पनी पशुपती शर्माको नै रहेको छ ।