कास्की सेबा समाज स्पेनको पहिलो अधिबेशनले केदारनाथ ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ। कास्की जिल्ला स्थायीघर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले गठन गरेको समाजले ढुंगानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो। नयाँ निर्बाचित कार्यसमितिको उपाध्यक्षहरुमा कुमार गुरुङ्,वल बहादुर कार्की,महासचिव गोविन्द तिमिल्सिना सचिवमा सुरेश भण्डारी र कोषाध्यक्षमा एकराज भण्डारी चयन भएकाछन्। यस्तै कार्यसमितिका सदस्यहरुमा शान्ता राणा,केशर थापा,दिनेश कार्की,गणेशराज अधिकारी,दीपक अधिकारी,खेमराज भण्डारी र महेश बञ्जरा चयन भएका छन्। समाजको दोस्रो अधिबेशनलाई प्रमुख अतिथिको रुपमा कास्की सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष पूर्ण तिमिल्सिनाले सम्बोधन गरेका थिए। कार्यक्रममा कास्कीसेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव गोबिन्द पौडेल,एनआरएनए आईसीसी सदस्य मुक्त बहादुर गुरुङ, एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटालगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले बोल्दै नयाँ कार्यसमितिलाई शुभकामाना ब्यक्त गरे। समाजका अध्यक्ष दिलनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव बिशाल ढुंगानाले गरेका थिए। संरक्षकमा दिलनाथ भण्डारी र केन्द्रिय प्रतिनिधिमा शिबकुमार लामिछानेलाई प्रस्तावित गरेको समाजले जनाएको छ।

नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्न अयोजना गर्न लागीएको श्रीमद्भागवत् महापुराण अरोरामा लगाइने भएको छ । नेपाली घरको…

नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठान आज आफ्नो दोस्रो श्रृंखलाको कार्यक्रम सम्पन्न गरेको छ। कोलोराडाे, ब्रूम्फिल्ड स्थित जाइका ईण्डियन कुजिनमा आयोजित उक्त कार्यक्रममा नेपाली चलचित्र जगतकी चर्चित नायिका झरना थापा तथा…

अमेरिकामा तराई मूलका नेपाली समुदायले स्थापना गरेको दि एसोसिएसन् अफ नेपाली तराईएन इन अमेरिका नामक गैर मुनाफा संस्थाको क्यालिफोर्निया शाखाको अध्यक्षमा ध्रुवकुमार झा चयन भएका छन् । गत मार्च ३…

बांग्लादेशको ढाकाबाट उडेको एउटा यात्रुवाहक विमान काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमवार अपराह्ण दुर्घटनाग्रस्त भएको छ। यूएस बांग्लाले  यात्रुसहित ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १२:५१ बजे उडेको जनाएको…

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै दिन कैलालीको घोडाघोडी नगरपालिकामा राधा चौधरीलाई बोक्सीको आरोपमा निर्घात कुटिएको घटनाको अमेरिकामा रहेका नेपालीहरुले भर्त्सना गरेका छन् । महिला दिवसका अवसरमा विभिन्न संस्थाहरुले आयोजना गरेका कार्यक्रममा…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको विवादास्पद कर घोषणाले अमेरिकी स्टिल उद्योगहरूलाई नयाँ जीवन दिने बताएका छन्। उनले उत्तर कोरियाली नेता किम जङ अनसँग वार्ता गर्ने आफ्नो योजनाको बचाउ गर्दै उत्तर…

अमेरिकी डिमोक्रेटिक पार्टीका नेता तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका बिषयमा वार्ता गर्दाको खतरा महशुस नगरेको बताउनुभएको छ । उहाँले उक्त वार्तालाई मध्यस्थता गने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख साझेदारमध्ये एक भारतलाई करको विषयमा धम्की दिएका छन् । जापान र बेलायतपछि प्रमुख ब्यापारिक साझेदार मानिएको भारतलाई ट्रम्पले दिएको यो धम्कीले दुई देशबीचको सम्बन्धमा…

विश्वको आधुनिक बल र फौजी शक्तिबारे विश्लेषण गर्ने सोध संस्थान ‘ग्लोबल फायर पावर‘ले २०१७ को फौजी शक्तिका हिसावले १३३ देशको सूची जारी गरेको छ । यसमा परम्परागत युद्ध हतियार र…