बन्दका करण सार्वजनिक यातायातका साधन कम चलेका छन् भने निजी सवारीसाधन भने उल्लेखित मात्रामा चलेका छन् ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बन्द गराउँदै हिँडेका २१ जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । तीनकुनेमा एक ट्याक्सीमा बन्दकर्ताले आगजनी गरेको उहाँले जानकारी दिनुभयोे ।