बाबू छोरा झगडाले पार्टी फुट्यो !

अन्तर्राष्ट्रिय समाचार

२०,पुष।परिवारभित्रको झगडाले अन्ततः पार्टी नै विधाजन भएको छ । भारतको उत्तर प्रदेश राज्यको सत्तारुढ समाजवादी पार्टी पारिवारिक विवादका कारण कारण फुटेको भारतीय सञ्चार माध्यमले जनाउका छन् ।

मुख्य मन्त्री अखिलेश यादव(छोरा) र संस्थापक अध्यक्ष मुलायम सिंह यादव (बुवा) ले आफु आधिकारकि भन्दै निर्वाचन आयोगमा निवेदनदिएका छन् ।दुवै पक्षले पार्टी फुटेको भन्ने शब्दावली प्रयोग नगरे पनि दुवै पक्षले राष्ट्रिय चुनावआयोगमा पुगेर पार्टीको चुनाव चिन्ह साइकलको दाबी गरिसकेपछि फुटको विषयले अधिकारिकता प्राप्त गरेको भारतीय सञ्चार माध्यमले जनाएकाछन् ।

आइतवार एक बिशेष महाधिवेशन गर्दै मुख्य मन्त्री अखिलेश यादव पक्षधरले पार्टीबाट संस्थापक अध्यक्ष मुलायम सिंह यादवलाई हटाएर पार्टी कब्जा गरेको थियो । तर सोमबार संस्थापक अध्यक्ष मुलायम सिंह यादव दिल्लीस्थित चुनाव आयोगपुगेर पार्टी विधानअनुसार अध्यक्षले बाहेक अरुले विशेष महधिवेशन बोलाउने प्रावधान नरहेको भन्दै सो विशेष महाधिवेशन अवैध रहेको र चुनाव चिन्ह साइकल आफूले पाउनुपर्ने बताएका थिए ।

मुलायमले अझै पनि आफू नै पार्टी अध्यक्ष भएको दाबी गर्दै आएका छन् ।मंगलबार अखिलेश यादव पक्षका नेताहरु चुनाव आयोगमा पुगेर आफनो पक्षमा पार्टीका बहुमत (९० ) प्रतिशत सदस्य रहेको भन्दै चुनाव चिन्ह पाउनुपर्ने बताएको थियो ।

दुवै पक्षले एकै चुनाव चिन्ह दाबी गरेको सन्दर्भमा अन्तरिम उपायको रुपमा निर्वाचन आयोगलाई दुबै पक्षलाई नयाँ चुनाव चिन्ह प्रदान गर्ने देखिएको छ ।

Post Comment