मेलम्ची खानेपानी आयोजना द्रुत गतिमा निर्माण हुन्छ–मन्त्री सिंह

राजनीति

काठमाडौँ, ८ माघ । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मेलम्ची खानेपानी आयोजना द्रुत गतिमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सिंहले देशमा अझै पनि १५ प्रतिशत नागरिक खानेपानी सेवाबाट वञ्चित रहेको बताउँदै भेरी, गोरखा, हलेसीलगायतका विभिन्न ठाउँमा हेभी पम्पिङ परियोजना कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

तराईका २० जिल्लामा समेत तराई खानेपानी सुधार आयोजना सुरु गरिएको जानकारी दिँदै उहाँले १०६ आयोजना कार्यान्वयनमा आउने चरणमा रहेको जानकारी दिनुभयो ।

Post Comment