९ गते- पोखरा । लाइन्स क्लब अफ पोखरा लेकसाइड द्वारा लाइन क्लब बारे एक दिने अभिमुखीकारण कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रमका प्रमुख अथिति फस्ट भिडीजी धनराज आचार्यले लाइन क्लबको इतिहास बारे बताउनु भयो ।
बिगतका दिनमा हजुर बुबा, जिजु बुवाहरुले चौतारी चिन्ने, पाटी पौवा बनाउने गर्दथे भने आजकल पनि कमाएको केहि प्रतिशत सम्पति ब्यक्तिहरु सामाजिक कार्यमा खर्च गर्ने गर्दछन ।
यहि कार्यलाइ उचित तरबले ब्यबस्थित पद्दतिले केहि उस्तै सोच भएका व्यक्तिहरु मिलेर सामाजिक कार्य गर्ने समुह उत्पति भएको सस्था हो कालान्तरमा लाइन क्लबको नामले प्रचलित भएको जानकारी दिए ।
साथै लाइन क्लब को उत्पत्ति १९१७ मा सिकागोमा माल्भिन जोन्सले गरेको बताए । जसको एकमात्रै उधेश्य मानबिय सेवा गर्नु थियो र हाल सम्म पनि लाइन क्लबको उदेश्य मानबिय सेवा नै रहीआएको छ ।
सुरुमा आखाको उपचार अन्तर्गत अन्धोपनलाई हटाउने अभियानमा सहयोग गर्ने गरेको यो क्लब अहिले मानबिय सेवाका सबै क्षेत्रमा काम गरिरहेको बताए ।
साथै उक्त कार्यक्रमका अथिति डिस्ट्रिक अडभाइजर सुचित्रा थापाले लाइन क्लबको सदस्य किन हुने र सदस्य भइ सके पछी के के गर्ने भन्ने बारेमा बताइन ।
लाइन क्लबको पदाधिकारीहरुको काम र कर्तव्य बारे प्रकाश पारिन । कार्यक्रमका अथिति रिजनल चेयर पर्सन टिकाराम सापकोटाले क्ल्बले गरेका आर्थिक क्रियाकलापहरुलाइ कसरी पारदर्शी बनाउने र ब्यबस्थित गरी राख्ने बारेमा जानकारी दिए ।
क्ल्बका आइपीपी रामु गौतमले बिगतमा क्लबले गरेका सामाजिक कार्यक्रम बारे नया सदश्यहरु जानकारी दिए । क्लबका अध्यक्ष जयराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम सचिब श्रीकृष्ण श्रेष्ठले संचालन गरेका थिय ।