कबी ध्रुब थापाको नबिनतम कृति “जुनको शहर” लोकार्पण (फोटो फिचर)

साहित्य

कबी ध्रुब थापाको नबिनतम कृति “जुनको शहर” पोखराको उद्योग बानिज्य संघको अमृत कक्ष हलमा एक भब्य समारोहका बिच लोकार्पण गरिएको छ ।

लामो समय देखी बिदेश बस्दै आएका कबी थापाको कबिता सग्रह ‘जुनको शहर’ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती सरुभक्त श्रेष्ठ, कबीकी मामातमयी आमा लीलाबती थापा, समाजसेवी कमल बहादुर थापा, अनुपाम म्युजिक पोखराका अध्यक्ष अनुराग अधिकारी, समाजसेवी बिरेन्द्र सिंह पालिखे लागायतले सामुहिक रुपमा लोकार्पण गरे ।

उक्त कार्यक्रमको आयोजक अनुपम म्युजिक पोखराले अध्यक्ष अनुराग अधिकारीको सभापतित्वमा भएको थियो ।

अनुपम म्युजिकका रुपिन्द्र प्रभावीले सचालन गरेको कार्यक्रममा सम्मोहन साहित्यिक पत्रीकाका सम्पादक अल्पज्ञानीले कृतिको समिक्षा गरेका थिय ।


अनुपम म्युजिक पोखराका सदस्य गोविन्द सिन्जालीले स्वागत मन्तब्य राखेका थिय । उक्त कार्यक्रम पुरानो ढुङ्गाका निर्देशक माओत्से गुरुङ, माछापुच्छ्रे एफ एम का स्टेसन म्यानेजर कन्चन थापा, गायिका कौशल्या गुरुङ, जे इे म्युजिक एकेडेमीका निर्देशक रामभक्त जोजिजु, प्रगतीशिल लेखक सँगका भिम राना मगर, नेपाली चलचित्रका नायक कुशल थापा, आपु खैरेनी श्रस्टा समाजका अध्यक्ष कबी अनिल श्रेष्ठ, पत्रकार राजाराम पौडेल, फेवा बिकास बैंकका कार्यकारी रेशम बहादुर थापा लगायत अन्य साहित्यिक अनुरागीहरुको उपस्थिती रहेको थियो ।

Post Comment