सरकारले नेपालीको ईज्जतलाई कमजोर पार्ने काम गर्यो

राजनीति

अछाम । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले नेपाल समृद्ध भएमात्रै नेपालीको समृद्धि हुने बताएका छन । नेकपा एमाले अछाम क्षेत्रनम्वर १ को अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै रावलले सो कुरा बताएका हुन ।

स्थानिय तह, प्रदेश तह र केन्द्रिय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनमा अगि बढ्नुपर्नेमा सरकारले संसोधन प्रस्ताव ल्याएर देशमा अन्यौलता श्रृजना गरेको रावलको भनाई छ । पहाड र तराई मधेशका जिल्लालाई छुट्याँउन खोज्ने कुरा कदापी स्वईकार्य हुन नसक्ने भन्दै पूर्व उपप्रधान तथा रक्षामन्त्रि समेत रहेका नेता रावलले वर्तमान सरकारले देशको अस्तित्व जोगाउन नसकेको बताए ।
नेता रावलले देशको अस्तित्व जोगाउन नसक्ने प्रधानमन्त्रि कुर्ची छोडेर जान आग्रह गरे । रावलले सत्तापक्षले आफु हार्ने डरले स्थानिय निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरिरहेको आरोप समेत लगाए। संसोधन प्रस्तावमा उल्लेखीत कुराहरुमा केपी वलिले पहिलेनै हस्ताक्षर गरेको भन्ने कुरा पनि सबैलाई भ्रममा पार्न प्रचार गरिएको भन्दै रावलले काँग्रेस र माओवादीका नेताहरुले पनि १६ बुदे र १४ बुदेमा त्यस्ता हस्ताक्षर गरेको तर कार्यान्वयन किन नगरेको भनदै प्रश्न गरे ।

नेता रावलले देशका बिभिन्न भाषा राष्ट्रिय भाषा भएको तर हिन्दि भाषालाई प्राथमिकता दिने कुराले नेपालको आफ्नो पनलाई समाप्त गर्ने भन्दै त्यस्ता कुराको एमालले बिरोध गर्ने बताउनुभयो । प्रधानमन्त्रि प्रचण्डले भारत गएर संयुक्त बक्तब्यमा भारतले जे जे भन्यो नेपालले त्यही गर्ने भन्ने कुरामा सहमती जनाएको आरोप लगाए ।
जनसंख्याको हिसावमा नेपाल सानो भएपनि नेपालको ईज्जत, प्रतिष्ठा कुनैपनि देशको भन्दा कम नहुने भन्दै सरकारले नेपालीको ईज्जतलाई कमजोर पार्ने कार्य गरेको भन्दै त्यसको बिरुद्ध एमाले लागेको रावलले बताए । यो सरकारको शान्ति सुरक्षा गर्ने, आवस्यक कानून निर्माण गर्ने र चुनाव गर्ने ३ वटा काम मात्रै भए पनि कुनै पनि काम नगरेकाले सरकार असफल भईसकेको रावलले बताए ।
संविधानले महिलाका लागि थुप्रै अधिकार दिएको भन्दै एमाले नेता रावलले अव जिम्मेवारी लिनका लागि सबै महिला दिदिबहिनी तयार रहनुपर्ने बताए ।

Post Comment