भ्रष्ट्राचार बिरुद्ध देउडा

समाज

महेश नेपाल, डोटी माघ २४ । अख्तिायार दुरुपयोग अनुसन्धान आयोगको २६ औँ स्थापना दिबसका अबसरमा दिपायलमा आज बिद्यालय स्तरीय सचेतनामूलक देउडा गीत प्रतियोगिताको आयोजना गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय दिपायलको आयोजनामा सो प्रतियोगिता आयोजना गरिएको हो ।

भ्रष्टाचार बिरुद्ध अख्तियारले लिएको तिनखम्बे निति अनुसार प्रबद्र्धनात्मक निति अनुसार यो कार्यक्रम आयोजना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग दिपायलका प्रमूख राजन नेपालले बताउनु भयो । अख्तियारको भ्रष्टाचार बिरुद्धको तिनसम्बे नितिमा प्रबद्र्धनात्मक, रोकथाममूलक र दण्डात्मक निति रहेका छन् ।

देउडा गीतमार्फत नागरिकलाई भ्रष्टाचार बिरुद्ध सचेत पार्ने, बिद्यार्थीहरुलाई पनि सचेत पार्दै भविश्यमा भ्रष्टाचार बिरोधी समाज बनाउन उप्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रमूख नेपालले बताउनुभयो ।

प्रतियोगितामा कुल ८ विद्यालयले सहभागिता जनाएका थिए ।

Post Comment