दाङ । विप्लव माओवादीका कार्यकर्ताहरुले दाङ धनौरीस्थित एक बोर्डिङ स्कुलको प्रिन्सिपललाई विप्लव माओवादीका कार्यकर्ताहरुले कालोमोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकाडेमीका प्रिन्सिपल बीरबहादुर घर्तीलाई कालोमोसो सहित जुत्ताको माला लगाइदिएका हुन् ।
घर्तीले स्कुलका छात्राहरुलाई पटक-पटक यौन दुर्व्यवहार गरेकाले अखिल क्रान्तिकारी राप्ती छात्रा विभागले जनकारवाही गरेको विप्लव माओवादीले जनाएको छ ।
होस्टेलमा बस्दै आएका छात्राहरुलाई प्रिन्सिपल घर्तीले यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।
पीडित विद्यार्थीहरुको उजुरीको आधारमा उनलाई कारबाही गरिएको विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले जनाएको छ ।