प्रचण्डलाई टोपबहादुरले भने :-“विवादै नभएका विषयमा संशोधनका नाममा राजनीति गर्नु हुँदैन”

राजनीति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीले मुलुकमा संविधान कार्यान्वयन हुन नसक्ने खतरा बढेकाले सरकारले अविलम्ब निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले देशमा स्थायित्व कायम गर्न संविधानमा निर्दिष्ट गरिएको निर्वाचन निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले भन्नुभयो– “विवाद भएका विषयमा मात्र संविधान संशोधन गर्नुपर्छ, विवादै नभएका विषयमा संशोधनका नाममा राजनीति गर्नु हुँदैन, यदि संशोधन हुन नसकेमा संविधान कार्यान्वयनका लागि सरकारले निर्वाचनको मिति घोषणा गरेर अगाडि बढ्नुपर्छ ।”

नेता रायमाझीले अहिले संविधान संशोधन र कार्यान्वयन दुवै विषय गौण बनेकाले देशको राजनीति जटिल अवस्थामा पुगेको बताउँदै देशमा स्थायित्व कायम गर्न दलहरुको सहमति र सहकार्यमा मात्र संविधान संशोधन गर्नुपर्ने सुझाव दिनुभयो ।

महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खडकाले सरकारले आगामी जेठको पहिलो हप्ताभित्रै स्थानीय चुनाव गर्नका लागि तयारी गरिरहेको बताउँदै चाँडो निर्वाचनका लागि मिति घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

Post Comment