भारतिय सेनाका एक नेपालीले काश्मिरमा ज्यान गुमाए

समाज

काठमाडौँ । भारतीय सेनामा कार्यरत एक नेपालीले भारत र पाकिस्तानको सिमा क्षेत्रमा ज्यान गुमाएका छन् ।

भारत–पाकिस्तान सीमा क्षेत्रमा खटिएका म्याग्दी कुहुँ–१ पूर्णगाउँका फुलप्रसाद अर्मजाको ज्यान गएको हो । अत्याधिक हिमपातसँगैको हिमपहिरोमा परेर उनको ज्यान गएको परिवारजनले बताएका छन् ।

कश्मीरको जोखिमपूर्ण क्षेत्रमा खटिएका अर्मजाको शुक्रबार साँझ अन्त्येष्टि गरी परिवार घर फर्किएको छ ।अर्मजासहितको भारतीय सैनिकको टोलीका १४ जना माघ १३ गते हिमपहिरोमा परेका थिए । घाइते अवस्थामा भेटिएका अर्मजाको माघ २५ गते उपचारका क्रममा निधन भएपछि शुक्रबार अन्त्येष्टि गरिएको छ। ‘

अर्मजा कश्मीर क्षेत्रमा भारतीय सेनाले सुरु गरेको अपरेसनमा पनि सहभागी थिए। हिमपहिरोमा परेका थप तीनजना नेपालीको अवस्थासमेत चिन्ताजनक छ।

भारतीय सेनाको क्याम्प ब्यवस्थापनमा चासो नदिएका कारण भाइको मृत्यु भएको उनका दाजु गोविन्दले बताए । भाइले जस्तै अरु नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनले बताएका छन् ।

Post Comment