देश माओवादीका एजेन्डा वरिपरि घुमिराखेको छ :-नेता शक्ति बस्नेत

राजनीति

जाजरकोट । संविधानको कार्यान्वयन गरी देशको निकास दिने नेकपा (माओवादी केन्द्र) को मुख्य जिम्मेवारी भएको सो पार्टीका नेता एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।

देश अहिले माओवादीका एजेन्डा वरिपरि घुमिराखेको नेता बस्नेतले दाबी गरे।

नेकपा माओवादी केन्द्र वारेकोटले लिम्सामा आयोजना गरेको आमसभामा नेता बस्नेतले यस्तो बताए ।

शिक्षामा राज्यले गरेको लगानी अनुसारको प्रतिफल नआएको भन्दै नेता बस्नेतले आफन्तलाई जागिर खुवाउनका लागि खोलिएका विद्यालयका बारेमा सोच्नुपर्ने उहाँको भनाइ थियो ।

केन्द्रबाट विकास निर्माणका लागि पठाएको बजेट सहीरुपमा प्रयोग गरी विकासशील जाजरकोट बनाउन आमसमुदायलाई उहाँले आग्रह गरे ।

विकास नगरी कागजमा काम सम्पन्न भएको भन्दै केही मानिसबाट जिल्लाको विकास निर्माणको कामलाई बाधा पुगेको भन्दै त्यस्तालाई तत्काल कारबाही हुनुपर्ने उहाँको भनाइ छ ।

वारेकोटमा विकास गर्नका लागि आफूले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो । आमसभामा विभिन्न राजनीतिक दलबाट एकसयभन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।

Post Comment