आईजी नियुक्ति प्रकरणः विमलेन्द्रले आफ्नो बदनाम गरेको देउवाको निस्कर्ष

आईजी नियुक्ति प्रकरणः विमलेन्द्रले आफ्नो बदनाम गरेको देउवाको निस्कर्ष
राजनीति

काठमाडौं । ‘यो बिमल एकलै हिंड्न खोज्दैछ । आफू हिरो बनेर मलाई खराब देखाउन खोज्दैछ । यसरी कहाँ हुन्छ भनेको ?

गृहमन्त्री विमलेन्द्र निधिले सकेसम्म निर्देशन उल्लंघन गर्न चाहको, निर्देशन मानिहाले पनि आफूलाई बदनाक गरेर चोखिन खोजेको भन्दै २८ माघको साँझ सहयोगीमाझ यसो भनेका शेरबहादुर देउवा २९ को बिहानै बालुवाटार छिरे । कारण थियो उपसभापतिसमेत बनाउन ठिक्क पारिएका विमलेन्द्र निधिको विश्वास घट्नु । विषय थियो प्रहरी मानिरीक्षक नियुक्ति । ‘२६ गतेदेखि भनेको भन्यै छु, मलाई पनि मिल्दैन, सकिंदैन भनेर हुन्छ ? कर्कश स्वरमा देउवा पड्किरहँदा तल्लो तलामा उनको सचिवालयमा बसेका केही कार्यकर्ता चुपचाप गरी सुनिरहेका थिए । बुढानिलकण्ठस्थित देउवा निवासको दृश्य हो यो ।
त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल पनि वरियता मिचेर महानिरीक्षक नियुक्तिको पक्षमा थिएनन् । तर, सत्ता साझेदार दलको सभापति आफैं अगाडि बसेर त्यहींबाट गृहसचिवलाई टिप्पणी लेख्ने आदेश दिन लगाएर धर्ना कसेपछि उनको पनि केही चलेन । महानिरीक्षक नियुक्ति विवादले देउवा–विमलेन्द्र सम्बन्धमा चिसोपन बढाएको छ ।
हुँदाहुँदा यत्ति कुराले गर्दा पुराना प्रसंग पनि कोट्याउँदै सम्बन्धमा झन् दरार ल्याउने स्थिति सिर्जना भएको काँग्रेस स्रोतले जनाएको छ । महानिरीक्षक नियुक्ति विवादमा देउवा बदनाम हुनुका पछाडि निधिको हात रहेको भन्दै एक वर्षदेखि उनकै लागि भनेर थाती राखिएको उपसभापति नियुक्त नगर्न भित्रियाहरुले दबाब दिन थालेका छन् ।
हिजो–आज अहिलेको सरकार गठनपूर्व भारतसँग आफ्नो तर्फबाट लविँङ गर्न निधिलाई बेकार पठाइएछ भनी पछुतो व्यक्त गर्न थालेका छन् ।
जनआस्था साप्ताहिकबाट
jb9FMQC.dpuf

Post Comment