राप्रपा महाधिवेशन: बाबुको हार छोराको जित ,रेखा र कोमललाई भारी मत

राप्रपा महाधिवेशन: बाबुको हार छोराको जित ,रेखा र कोमललाई भारी मत
राजनीति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अभिनेत्री रेखा थापा र गायिका कोमल वली भारी मतले विजयि भएकी छन् ।

बुधबार बिहान सकिएको मत गणनामा नायिका थापा खुला महिलातर्फ दोश्रो भएकी हुन भने गायिका कोमल वली खुला पुरुष महिलातर्फ तेश्रो भएकी हुन्।

खुला महिलाबाट नायिका थापाले १६०३ मत ल्याउँदै केन्द्रिय सदस्यमा विजयि भएकि छन् भने कोमल वलीले खुल्ला पुरुष महिलातर्फ १८५७ मत ल्याएर विजयि भएकि हुन्।

महिला खुल्लातर्फ कुन्ती शाहीले (१८४८) र पुरुषतर्फ बुद्धिमान तामाङले (१९२८) सबै भन्दा बढी मत ल्याएर विजयि भएका छन् । उनीहरु दुवै मन्त्री भैसकेका पूर्व केन्द्रिय सदस्य हुन् । देशका अब्बल दुई सेलिव्रेटी थापा र वलीको राप्रपा महाधिवेशनमा दिईएको उम्मेरद्वारीलाई राप्रपाले मात्रै नभएर अन्य राजनीतिक दलले पनि चासोका साथ हेरेका थिए ।

गायिका कोमल वलीले आफ्ना मतदातालाई निर्वाचनमा ‘कोमल पानी’ बाडेर प्यास मेटाइदिएकी थिइन् । सञ्चारकर्मी प्रकाश सुवेदी विजयिको सुचिमा अटाउन सकेनन् ।

मधेशी महिला तर्फ नबोधिता चौधरी, आदिवासी जनजाती तर्फ विजया राई, उत्पीडित महिला तर्फ मिरा स्वर्णकार, मुस्लिम तर्फ मदिना खातुन, कर्णालीबाट शोभा शाही, थारुबाट रामदुलारी चौधरी अग्रभागमा विजयि भएकी छन्।

पूर्व प्रधानमन्त्री स्व. सुर्य बहादुर थापाका पुत्र सुनिल बहादुर थापा, यूवा नेता राजेन्द लिङ्गदेन, भक्ति सिटौला ,राजिव पराजुली, भूवन कुमार पाठक, गोविन्दराज खनियाँ, राजेश गिरी, मन्त्री विक्रम पाण्डे, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा जयन्त चन्द लगायत विजयि भएका छन् भने पूर्व गृहमन्त्री तथा राजदुतमा सिफारिस भएका निरन्जन थापा, काँगे्रस सभापति शेर बहादुर देउवाकी सासुआमा राजदुतमा समेत सिफारिस भएकी प्रतिभा राणा समेत विजयि भएकी छिन् भने कमल थापा यस अघि अध्यक्षमा विजयि भईसकेका छन्।

Post Comment