सरकारले संशोधनमा गरेका पहलकमदी प्रशंसनीय:-राजदूत रञ्जित राय

सरकारले संशोधनमा गरेका पहलकमदी प्रशंसनीय:-राजदूत रञ्जित राय
समाज

काठमाडौं । नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड दिएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको राजदूत रायको विदाइ कार्यक्रममा उनले भने, ‘चुनावमा नेपालका सबै दलहरूको सहभागिताको अनिवार्य आवश्यकत्ता छ । भारतले चुनावको कहिल्यै विरोध गर्दैन ।’
अब हुन गैरहेको चुनावमा पनि भारतको संविधान जारी गर्दाको जस्तै अडान हो कि के हो भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने, ‘जसरी नेपालमा जब संविधान जारी गर्दा सबै दलहरूलाई मिलाएर लैजानुपर्ने सुझाव भारतको थियो । त्यसैगरी चुनावमा पनि सबै दललाई मिलाएर लैजानुपर्छ भन्ने हाम्रो सुझाव छ ।’
उनले भने, ‘नेपालमा चुनाव हुन गैरहेको छ, यो हाम्रो लागि पनि खुशीको कुरा हो, लोकतन्त्रको प्रमुख आधार भनेको नै चुनाव हो, तर चुनाव सबैलाई एक ठाउँमा लिएर र विश्वासमा लिएर गर्नुपर्छ ।’
उनले सरकारले संविधान संशोधनमार्फत सबै दललाई विश्वासमा लिन हाल गरिरहेको पहलकदमी प्रशंसनीय रहेको स्पष्ट पारे ।

Post Comment