निर्वाचनलाई मधेसी मोर्चाले जसरी पनि विथोल्ने चेतावनी

निर्वाचनलाई मधेसी मोर्चाले जसरी पनि विथोल्ने चेतावनी
राजनीति

काठमाडौं । सदभावना पार्टीका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रभावशाली नेता राजेन्द्र महतोले एमालेले शुरु गर्न लागेको ‘मेची–महाकाली’ अभियान विथोल्ने कुनै कार्यक्रम नरहेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष महतोले कुनै पनि दलको राजनीतिक कार्यक्रमलाई आफूहरूले केही नगर्ने बताए । ‘मधेसी मोर्चा वा सद्भावना पार्टीले एमालेको मेची–महाकाली अभियानलाई कुनै असर गर्दैन’, उनले भने, ‘जनताले के गर्छ त्यो उनीहरूको कुरा हो । स्वागत गर्ने वा नगर्ने जनताले हो । एमालेको अभियान विथोल्ने निर्णय भएको छैन ।’

एमालेले फागुन २१ गतेदेखि झापा जिल्लाबाट मेची–महाकाली अभियानको शुरुवात गर्दैछ । अभियानलाई मधेसी मोर्चाले विथोल्ने भनेर समाचार आइरहेका बेला सदभावना पार्टीका अध्यक्ष महताले राजनीतिक कार्यक्रमलाई केही नगर्ने बताएका हुन् ।

संविधान संशोधनको विषयलाई थाँती राख्ने भनेर आएको प्रस्ताव मधेसी मोर्चालाई फिटिक्कै मन नपरेको उनले बताए । अध्यक्ष यादवले भने, ‘संविधान संशोधन त्यो पनि परिमार्जनसहित हामीले भनेअनुसार पारित भएन भने मधेसी मोर्चा स्थानीय चनावमा सहभागी हुँदैन । निर्वाचन हुन पनि दिँदैन ।’

उनले सहमतिविना गरिने स्थानीय तहको निर्वाचनलाई मधेसी मोर्चाले जसरी पनि विथोल्ने चेतावनी दिए ।

Post Comment